आफ्नै घरनजिकै रहेको कृषि इनारमा पानी भरिरहेको वेला बाल्टिन झरेपछि निकाल्न पसेका जागेश्वर निस्सासीएर पानीमा झरेपछि उनलाई निकाल्न पस्दा काका रामविलास पनि निस्सासिएर पानीमा डुवेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी श्यामलाल ज्ञवालीले बताए ।
थोरै पानी भएकाले अक्सिजनको कमि भएकाले उनीहरु निस्सासिएर पानीमा झरेको प्रहरीले बताएको छ । पानी कम्मवर भन्दा कम रहेको स्थानीयले जनाएको छ । इनारमा पस्दा दुवैजना निस्सासिएर झरेपछि गाउँलेहरु डराएर उद्धारको लागि भित्र नपसेको स्थानीयले बताएको छ ।
उद्धारको लागि प्रहरीलाई खवर गरेपनि दुई घण्टा ढिलोगरी प्रहरी घटनास्थल पुगेका थिए । लहानबाट गएको जनपथ प्रहरी र सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले इनारबाट शव निकालेको प्रहरीले जनाएको छ ।
दुवै शव पोष्टमार्टमकोलागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल लगिएको छ ।
