लहान, ३१ साउन । लहानदेखि ११ किलोमिटर दक्षिणमा रहेको नहरा रिगौल गाविस लक्ष्मीनारायण माहादेव स्थान मन्दिरमा जल चढाउन आयोजना गरेको बोल बम दौड प्रतियोगितामा दाजु भाई नै क्रमश प्रथम र दोश्रो स्थान ओगटन सफल भएको छ ।
बोलबम दौड प्रतियोगितामा क्रमश प्रथम र दोश्रो स्थान ओगटन सफल अमरेन्द्र कुमार यादव र अमरेश कुमार यादव पुरस्कृत हुँदै पूर्व समान्य प्रशासन मन्त्री तथा सांसद राम चन्द्र यादव ज्यूवाट |
सिरहा सप्तरीको सिमानाको रुपमा रहेको वलान नदीमा सोमवार विहानै जल भरेर नहरा रिगौलमा रहेको माहादेव मन्दिरमा जल चढाउन ६२ युवाहरुमध्ये
सिरहा २ वाट निर्वाचित एमाले सांसद तथा पूर्व समान्य प्रशासन मन्त्री प्रमुख अतिथिको रुपमा पुरस्कार वितरण गर्नुहुँदै आफनो धर्म संस्कार र खेलकुदलाई जोडेर आयोजना गरेको प्रतियोगितामा दाजु भाईले दौड प्रतियोगिता जितेकोमा उहाँको पिता रामेश्वर यादवलाई समेत धन्यवाद त्रापन गर्नु भएको थियो ।
तेश्रो स्थान नहरा रिगौल गाविस ८ का फूलचन्द्र साहले हासिल गरेको थियो । प्रथम दितिय र तृतीयलाई क्रमशः तिन भरि ,दुई भरि र एक भरि चाँदीको पदक र वाँकी ६ जनालाई प्रमाण पत्र दिएर पुरस्कृत गरेको थियो ।
