नेपाली राजनीतिमा प्रचण्ड बिना पात पनि हल्लिदैन : वरिष्ठ पत्रकार किशोर नेपाल

Domain Registration Nepal प्रकाशित समय 7:22:00 AM
वरिष्ठ पत्रकार किशोर नेपाल

 वरिष्ठ पत्रकार किशोर नेपालको पुरानो विश्लेषण

‘प्रचण्डको आफ्नै मान्छे’ भनेर म त पटक–पटक सामाजिक संस्था र नागरिक समाजका स्वयम्भू नेताहरुबाट लान्छित भएको, फेसबुकमा खेदिएको, टुइटरमा खेदिएको, पत्रकारितामा खेदिएको मान्छे हुँ । म मानवअधिकारको नाममा मूर्दा बेचेर हिँड्ने मान्छे होइन । प्रचण्डलाई राम्ररी थाहा छ– म माओवादी होइनस म उनको कार्यकर्ता होइन । अनि खेद्नेलाई पनि थाहा छ यो कुरा । तर पनि मलाई ‘सिम्बोल’ बनाएर मान्छेहरुले खेदिराखेका छन् ।

 "प्रचण्डजी कुरा बुझ्छन्, समय–परिस्थिति बुझ्छन् तर त्यसअनुसार  निर्णय गर्न सक्दैनन् । उनलाई खुइल्याउने प्रवृत्ति सुरु भयो गिरिजाबाबुले माधव नेपाल नेतृत्वको सरकार बनाएदेखि । रुक्मांगद कटवालले उनका विरुद्ध सेनाको स्रोत दुरुपयोग गरे । धेरैले उनको भुत्ला उखेल्ने काम पाए ।

तर मलाई वास्ता छैन । म एउटा पत्रकार हुँ । कुनै पनि पत्रकारको मुख्य आकांक्षा हुन्छ– सत्ताको शीर्ष तहमा रहेका व्यक्तिसँग नजिकको सम्बन्ध राख्नु र समाचार विश्लेषण गर्नुस व्यावसायिक रुपमा आफूलाई ‘फ्रेस’ राख्नु । मैले पनि त्यही गरेको हुँ । त्यो गर्दागर्दै पनि प्रचण्डसँग म आकर्षित चाहिँ छु । मैले सुरुमा प्रचण्डलाई भेट्दा देशमा बीपी कोइरालापछि भिजन भएको यही एउटा नेता हो भन्ने लागेको थियो । शान्ति प्रक्रिया सुरु भइसकेपछि उनी अर्धभूमिगत हुँदा मैले पोखरा गएर भेटेको थिएँ उनलाई । त्यतिबेला मैले उनलाई ‘बीपी कोइरालाले यस्तो भिजन राखेका थिए, तपाईंको त्यस्तो केही छ रु’ भनेर सोधेको थिएँ । उनले भनेका थिए– ‘बीपी कोइरालाको भिजन सही छ, म त्यसमा एउटा मात्रै थप्न चाहन्छु– त्यहाँ एउटा कम्प्युटर चाहिन्छ, एक लाइन टेलिफोन चाहिन्छ । यो बीपीको भिजनमा संशोधन गरेको होइन, समयको मागअनुसार प्लस गरेको हुुँ ।’त्यसबेला मलाई लाग्यो, यो धेरै ठूलो मान्छे हो । गोदावरीमा राज्य पुनर्निर्माणसम्बन्धी एउटा सेमिनार गर्दाखेरि मैले यो कुरा सार्वजनिक रुपमा नै भनें– प्रचण्डजी कुरा बुझ्छन्, समय–परिस्थिति बुझ्छन् तर त्यसअनुसार  निर्णय गर्न सक्दैनन् । उनलाई खुइल्याउने प्रवृत्ति सुरु भयो गिरिजाबाबुले माधव नेपाल नेतृत्वको सरकार बनाएदेखि । रुक्मांगद कटवालले उनका विरुद्ध सेनाको स्रोत दुरुपयोग गरे । धेरैले उनको भुत्ला उखेल्ने काम पाए ।

 " पार्टीभित्र र बाहिरका प्रचण्डका विरोधीहरुले उहाँका विरुद्ध एउटा सिस्टमेटिक प्रचार–संयन्त्र तयार पारेस त्यसमा बाबुरामजी पनि लागे, अरु तत्वहरु पनि लागे । प्रचण्डको विरुद्धमा तीन–तेह्र कतैको सम्बन्ध नभएका एकै हुन सक्छन्, एउटै आवाज निस्कन्छ दुवैतिरबाट ।



ka.prachand
क. प्रचण्डले जनयुद्धपछि आफूअनुकूल पोलिटिकल म्यानेजमेन्ट गरेर पार्टीलाई हाँक्न सकेनन् । उनले पार्टीभित्र झगडा मिलाउन सकेनन् । घिसिर–घिसिर तरिकाले बाबुराम मिलाउने, वैद्य मिलाउने, बादल मिलाउने गर्दागर्दै उनको जीवनको ऊर्जाशील समय सकियो । जे बचेको थियो, त्यो घरेलु र आर्थिक विवादमा थिचियो । उनका धेरै चर्चा सुनिन्छन् । सुमार्गीसँगको सम्बन्ध, लाइफस्टाइल, बेलाबेलामा रिसोर्टतिर जाने शोख । यी कुरा सत्य हुन् कि होइनन्, मलाई थाहा छैन । प्रधानमन्त्री भइसकेपछि एक लाखको खाटमा बालुवाटारमा सुत्यो भन्ने कुरा आयो । एक लाखको खाटमा सामान्य मानिस पनि सुत्छ, प्रधानमन्त्री किन नसुतोस् रु एक लाखभन्दा घटीमा राम्रो खाट नै पाइँदैन । एउटा सामान्य मान्छेले त पचास–साठी हजारको खाट किन्नुपर्ने महँगी  छ ।

पार्टीभित्र र बाहिरका प्रचण्डका विरोधीहरुले उहाँका विरुद्ध एउटा सिस्टमेटिक प्रचार–संयन्त्र तयार पारेस त्यसमा बाबुरामजी पनि लागे, अरु तत्वहरु पनि लागे । प्रचण्डको विरुद्धमा तीन–तेह्र कतैको सम्बन्ध नभएका एकै हुन सक्छन्, एउटै आवाज निस्कन्छ दुवैतिरबाट । भाषा फरक होला । काउन्टर भ्युज दिन माओवादीभित्र कुनै संयन्त्र नै छैन । प्रचण्डको कुनै संयन्त्र मैले देखेको छैन । हामीले १२ वर्षे जनयुद्धको व्यवस्थापन प्रचण्डले नै गरेको भन्ने सुनेका थियौं । एउटा डरलाग्दो श्याम–श्वेत तस्बिर छापिन्थ्यो साप्ताहिक छापाहरुमा, हामी त्यसैलाई प्रचण्ड भन्ठान्थ्यौं । प्रचण्ड यति राम्रा रहेछन्, उनको र मेरो जुँगा मिल्दो रहेछ भन्ने त पछि गएर थाहा पाएको हो मैले ।

प्रचण्डले पछिल्लो समय खेलेको भूमिका उनको कमजोरी होइन, उनको दायित्व हो । पार्टी अध्यक्ष भइसकेपछि एउटा ठूलो पार्टी चलाउनुपर्यो । त्यो पार्टी गिरिजाप्रसादले पनि चलाएका थिए, केपीले पनि चलाइरहेका छन्, यो सबैले भोग्नुपर्ने समस्या हो । चुनाव हारे पनि पार्टीको आकार घट्दैन, त्यसमा ठूलो अतिरिक्त कुरो छैन । अतिरिक्त कुरोचाहिँ के हो भने प्रचण्डलाई फोसिल बनाउने हिसाबले प्रचार–संयन्त्रहरु तयार भए । जस्तोः प्रचण्डले भाग नदिएका कुरामा झगडा गरेर मोहन वैद्य र बाबुराम बाहिरिए भन्ने हामीले सुनेका थियौं, एकताका । प्रचण्डले जति दिनुपथ्र्यो, त्यति पैसा दिएनन् भन्ने सुन्यौं ।
प्रतीकात्मक रुपले प्रचण्ड एउटा परिवर्तनको नाम भइदियो तर प्रचण्डले नामअनुसारको काम गरेनन्  । त्यत्रो जनयुद्ध लडेर आएको मान्छेले बादल र बाबुरामले उचाले भन्दैमा सत्ता छाड्नुपर्ने, प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने आवश्यकता थिएन । नेपालमा त्यतिखेर भारतले पनि कु गर्न सक्दैनथ्यो, नेपाल आर्मीको त कुरै छाडिदिनोस्स आफ्नै राजाको डिफेन्स नगर्ने आर्मीले प्रचण्डका विरुद्ध कु किन गर्छ रु सत्ता छाड्नु उनको हतारको निर्णय थियो ।

प्रचण्डले सुमार्गीसँग मिलेर ठूलो उद्योग खोलेका र माओवादीको पैसा त्यसमा लागेको छ भनेर अहिलेसम्म प्रचार भैराखेको छ । त्यसको कतैबाट पुष्टि पनि भएको छैन र खण्डन पनि भएको छैन । सुमार्गी प्रचण्डसँग र प्रचण्ड सुमार्गीसँग मिल्नुनहुने के कुरा छ र रु कुनै न कुनै नेताहरुको कुनै न कुनै व्यापारीसँग त सम्बन्ध छ नि । प्रचण्डले यो मान्छेलाई मात्रै प्राथमिकता दिन्छ भन्ने एलिट समूहलाई पर्यो । यसलाई नसिध्याएसम्म समाजवादी आन्दोलन र कम्युनिस्ट आन्दोलन सकिँदैन, प्रचण्ड नसकिएसम्म संघीयता पनि सकिँदैन भनेर नै उनलाई बदनाम गरियो ।  गिरिजाप्रसाद त कालकवलित भइहाले, उनलाई ढुटो बनाउनै परेन । सुशील कोइरालासहित अरु नेताहरुको ताल देखिहालियो ।

 " प्रतीकात्मक रुपले प्रचण्ड एउटा परिवर्तनको नाम भइदियो तर प्रचण्डले नामअनुसारको काम गरेनन्  । त्यत्रो जनयुद्ध लडेर आएको मान्छेले बादल र बाबुरामले उचाले भन्दैमा सत्ता छाड्नुपर्ने, प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने आवश्यकता थिएन । नेपालमा त्यतिखेर भारतले पनि कु गर्न सक्दैनथ्यो, नेपाल आर्मीको त कुरै छाडिदिनोस्स आफ्नै राजाको डिफेन्स नगर्ने आर्मीले प्रचण्डका विरुद्ध कु किन गर्छ रु सत्ता छाड्नु उनको हतारको निर्णय थियो ।


प्रचण्डको चुनाव प्रचारको तरिका नै मलाई उल्टो लाग्यो । सडक किनारमा जम्मा भएको भीडले पिटेको ताली खाएर भोट जम्मा हुन्छ रु उनले कसैको कुरा सुनेनन् । संविधानसभाको पहिलो चुनावमा मैले माओवादी ठूलो पार्टी भएर सत्तामा आउँछ भनेको थिएँ । दोस्रो चुनावमा मैले केही बोलिनँ । मलाई धेरैले सोधेका थिए, मलाई थाहा थियो– यी डुब्दैछन् भन्ने । प्रचण्डलाई उनकै पार्टीले गाउँ छिर्न दिएन, उनी पनि गएनन् । चुनाव पछिको २–३ महिना त पराजयले इन्तु न चिन्तु भए–  भुइँचालोले आत्तिएर होस हराएका मान्छेजस्ता ।  उनको होस हराएकै हो किनभने उनले नसोचेको कुरा भएको थियो । खिलराज सरकारले के गर्यो भन्ने कुरा घटनाहरुको मनिटरिङ गर्दै हिँडने यत्रा विद्वान बाबुरामलाई थाहा थिएन रु

 " दसथरीले नानाभाँती जे–जे कुरा गरे पनि प्रचण्ड नै शक्तिको केन्द्रमा छन् । मैले लेख्ने गरेको छु– यहाँ दुईवटा मात्रै पोलिटिकल इलेमेन्ट छन्– एउटा कांग्रेस र अर्को माओवादी ।


चुनाव हारेपछि प्रचण्डजीलाई मैले भनें– तपाईंहरु चुनाव हारें भनेर चिन्ता गरेर नबस्नोस् । तपाईंजस्तो मान्छेले तूफान ल्याउन सक्नुपर्छ, जसरी इन्दिरा गान्धीले ल्याएकी थिइन् । तपाईं चुनाव हारेको पश्चात्ताप गरेर चिउँडोमा हात राखेर बस्ने बेला होइन । तपाईं जहाँ–जहाँ हार्नुभएको छ, त्यहाँ जानोस्, जनतालाई भोट दिएकामा धन्यवाद भन्नोस्, मैले गरेका गल्तीहरु के–के हुन् भनेर सोध्नोस् । जहाँ जित्नुभएको छ, त्यहाँ जानोस् र भन्नोस्– तपाईंले मलाई विश्वास गर्नुभयो, त्यसका लागि धन्यवाद । तपाईं मेची–महाकालीका दसवटा जिल्ला मात्र पुग्नुभयो भने पनि तपाईंको अहिलेको समीकरण आफैं थलिन्छ, आफैं कमजोर हुन्छ ।

प्रचण्डले मेरो कुरा सुन्नुभएन । दसथरीले नानाभाँती जे–जे कुरा गरे पनि प्रचण्ड नै शक्तिको केन्द्रमा छन् । मैले लेख्ने गरेको छु– यहाँ दुईवटा मात्रै पोलिटिकल इलेमेन्ट छन्– एउटा कांग्रेस र अर्को माओवादी । अहिले पनि प्रचण्डको यति धेरै विरोध किन भइरा’छ भने यतिबेला पनि पावरसेन्टर त उनै हुन् । उनले नभनीकन राजनीतिमा पात पनि हल्लिँदैन । माओवादी पार्टी अल्पमतमा छ तर ऊविना पात पनि हल्लिँदैन । म पटक–पटक भन्दै छु– माओवादी पार्टी विचौलिया राजनीतिबाट बच्नुपर्छ । नेपाली कांग्रेस र माओवादीहरु दुई धु्र्रवमा छन् । यी दुईबीचको सम्बन्धले मात्र राज्यको रुपान्तरण हुन्छ ।खबर डबलीबाट साभार

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »