संविधानप्रतिको असन्तुष्टिलाई सम्बोधन गर्न प्रमुख दलहरु एक जुट हुनु पर्ने : डा.भटट्राई

Domain Registration Nepal प्रकाशित समय 10:34:00 AM

शासकीय प्रणालीमा संशोधन आवश्यक           

विराटनगर, २१ साउन । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले तराई–मधेसको समस्या समाधानका साथै शासकीय प्रणालीका लागि पनि संविधान संशोधनको आवश्यकता रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले संविधानप्रति देखिएका असन्तुष्टिलाई सम्बोधन गर्नका लागि प्रमुख दललाई एक जुट भएर समाधान गर्न आग्रह गर्नुभयो ।

उहाँले व्यवस्थापिका–संसद्लाई पूर्ण समानुपातिकमा सीमित गर्नुपर्ने र कार्यपालिका लागि प्रत्यक्ष निर्वाचितको व्यवस्था हुनुपर्ने विचार पनि व्यक्त गर्नुभयो ।

संविधानको प्रवद्र्धनका लागि पहिलो संविधानसभाको समितिले पारित गरेको र राज्य पुनःसंरचना आयोगले पेस गरेको प्रतिवेदनको आधारमा राज्य पुनःसंरचना हुनुपर्ने स्पष्ट पार्दै उहाँले नयाँ सीमाङ्कनका आधारमा स्थानीय निकाय, प्रदेश र सङ्घीय संसद्को निर्वाचन एक पटक गर्नुपर्नेमा जोड दिनुभयो । रासस

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »