अर्जुननरसिंह केसी रक्षा मन्त्री, रमेश लेखक भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बन्ने पक्का भएको कांग्रेस स्रोतले जनाएको छ । शेखर कोइरालालाइ परराष्ट्रमन्त्री बनाउने तयारी भएपनि पार्टी सभापति शेरबहादुर देउवाले तीन जना मात्रै मन्त्री पठाउने निर्णय गर्नुभएको हो । शेखरले परराष्ट बाहेक अरु मन्त्री नबन्ने अडान लिएपछि देउवाले पहिलो चरणमा तीन जनाको मात्रै नाम पठाउनुभएको हो ।
