त्यस लगतै नजिकै रहेको एसएसवी क्याम्पबाट आएका प्रहरी जवानहरुले अन्धाधुन्ध बुट र बन्दुकको कुन्दाले स्थानीयलाई कुटपिट गरेका थिए । एसएसवीको कुटाईबाट मटिहानी ७ का गणेश चौधरी र महेश महतो सहित एक दजर्न स्थानीय घाईते भएको मटिहानी प्रहरी चौकीले जनाएको छ ।
झडपको क्रममा ज४प ८६१८ र ज२प ८०५६ नम्वरको मोटरसाईकल समेत क्षतिग्रस्त भएको छ । मटिहानीबाट गएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलिले सम्झाईवुझाइ गरेपछि समस्या समाधान भएको थियो ।
