संविधान संसोधनको प्रयास अन्तिम अवस्थामा पुगेको छ : प्रधानमत्री दहाल

प्रकाशित समय 6:14:00 PM
कमलेश कुमार यादव
गोलबजार, २७ भदौ । अधिकतम सहमति सहितको संविधान संसोधनको प्रयास अन्तिम अवस्थामा पुगेको प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले बताए । सिरहाको मिर्चैयामा सोमबार आयोजित जनसभामा मौसम खरावीका कारण उपस्थित हुन नसकेपछि टेलिफोनमार्फत सम्वोधन गर्दै मधेसी, थारु लागाएकोको माग सम्वोधनहुने गरी सवैलाई मान्यहुने ढंगले संविधान संसोधन अन्तिम अवस्थामा पुगेको बताएको हो ।
काठमाण्डौं उपत्याकाभन्दा बाहिर जानुपरे पहिला मधेसमै जाने मेरो मनसाय थियो, सोही अनुसार सिरहाको आफ्नै निर्वाचन क्षेत्रमा कार्यक्रमको आयोजना गरीएको भएपनि प्रतिकुल मौसमको का

रण आफू पुग्न नसकेकोमा दुःख लागेको छ, प्रचण्डले टेलिफोनबाट दुख मनाउ गरे ।
उनले भारत जानु पहिला मधेसको मागको बारेमा भइरको प्रगतिकोवारे मधेसी जनतासँग प्रत्यक्षरुपमा साक्षात्कारगर्ने अवस्था गुमेको बताए । उनले भने, ‘भारत भ्रमणबाट फर्किएर पनि आफू काठमाण्डौ बाहिर निस्किदा मधेसमै आउँछु ।’
उनले म प्रधानमन्त्री भईसकेपछि मधेसको विकासकोलागि भूमिका खेल्ने प्रतिबदता जनाएको थिए, मधेसको उन्नतिको मेरुदण्ड हुलाकि सडक निर्माणकोलागि भारत गएको वेला कुरा उठाउने र आर्थिक जुटाउने प्रतिबद्धता व्यक्त गरे ।
जनता निरास
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्वोधन गर्ने जनसभामा सहभागी भएका सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी र उदयपुरसम्मबाट आएका १० औं हजार जनता निरास भएर फर्केका छन् ।
प्रधानमन्त्री भएपछि पहिलो पटक मधेसमा आउन लागेका प्रचण्डको सम्वोधन सुन्न आएका जनता अन्तिम समयमा नआउने सुचना पाएपछि निरास भएर फर्किएका हुन ।
प्रधानमन्त्रीको सम्वोधन प्रत्यक्षरुपमा सुन्न पानी परिरहेकैवेला गाउँ गाउँबाट आएका सर्वसाधारण हिलो, पानीमा डुवेर अपरान्ह १२ बजेबाटै वसिरहको भएपनि आयोजकले ४ बजेमात्र प्रधानमन्त्री नआउने सुनाएका थिए ।
प्रधानमन्त्रीका स्वागतका लाग स्थानी विद्यालयहरुले राष्ट्रिय झण्डा सहित विद्यार्थीको जुलुसहरु सभास्थलमा ल्याएका थिए । प्रधानमन्त्रीलाई स्वागत गर्न उत्साहसति ५१ केजी फूलको माला लिएर आएका कार्यकर्ताको पनि प्रधानमन्त्री नआउने अवरले मन कुडिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »