अभिभावकसँगै काममा जाने प्रवृतिले दलित विद्यार्थीको पठनपाठनमा अवरोध

प्रकाशित समय 6:28:00 PM
अन्नपूर्ण गौतम
सिरहा, २८ भदौ । जातीय विभेद र अभिभावकहरुले आफ्ना वालवालिकालाई आफूसँगै विभिन्न काममा मजदुरी तथा जनिबुतोको लागि लैजाने प्रवृतिले दलित समुदायका वालवालिकाहरुको शिक्षातर्फ पहुच अझ पनि पुग्न सकेको छैन ।
दलित समुदायका अभिभावकलाई तिनका वालवालिकालाई नियमीत रुपमा पठनपाठन गर्न लगाउन राज्यले निःशुल्क अध्ययन, पोशाकको व्यवस्था, पुस्तकको व्यवस्था, छात्रवृति तथा खाजा कार्यक्रम जस्ता विभिन्न कार्यक्रम लागु गरे पनि जीविकोपार्जनको समस्याका कारण दलित समुदायका विपन्न अभिभावकले अझ पनि आफ्ना वालवालिकालाई नियमीत अध्ययन गराउन विद्यालय नपठाउने गरेको पाइएको छ ।
आफ्ना वालवालिकालाई आफूसँगै काममा लगाएवापत ज्यालावापत केही मात्रामै भए पनि रकम आर्जन हुने भएकोले दलित अभिभावकहरुले आफ्ना वालवालिकालाई आफूसँगै काममा लैजाने प्रवृति देखिएको हो । विशेषगरी धान रोपाई, धान कटनी, गहँु रोपाई, गहुँ कटनी तथा अन्य यस्तै जनबुतो र मजदुरीका क्रियाकलापमा आफूहरुसँगै लाने गरेपछि विद्यालयमा उनीहरुको पठनपाठनमा अवरोध आउने गरेको पाइएको छ ।
नियमीत रुपमा विद्यालय आउने र आफ्नो अध्ययन कार्यप्रति चनाखो हुने दलित समुदायका विद्यार्थीले उच्च समुदायका विधार्थीलाई पछाडि पारेको उदाहरण हाम्रै विद्यालयमा छ, श्रमीक प्राथमिक विद्यालयका प्रधानाध्यापक तुला राम लामा भन्छन् अभिभावक र विद्यालयका शिक्षकहरुले संयुक्त पहल गरे त्यस्ता अभिभावकलाई सम्झाउन सकिन्छ ।
पहिले पहिले त जातीय विभेदका कारणले गर्दा पनि दलित समुदायका विद्यार्थी पढ्न आउँदैन थिए, प्रअ लामाले तर अहिले जातीय विभेद विस्तारै हट्दै गए पनि अभिभावकमा चेतना नआएको कारण त्यो समस्या ज्यूका त्यूछ ।
हामीले यस्तै समस्यालाई साक्षात्कार गराउन पटक पटक सिरहाका विभिन्न शिक्षक तथा शिक्षिकालाई छलफलका लागि बोलाई उहाँहरुमार्फत विद्यालय नजिकका दलित अभिभावकहरुलाई सम्झाउने प्रयास गरेका छौं, सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महताले भन्छन दलित समुदायमा यो समस्याले जरो गाडेको हुनाले यसलाई समाधान गर्न विद्यालयका शिक्षक, स्थानीय अभिभावक तथा समाजसेवीको पनि ठूलो भूमिका हुनुपर्छ ।
नेपालभरीमै दलित समुदायको सबैभन्दा बढी जनसँख्या भएको जिल्ला सप्तरी र त्यसपछि सिरहा हो । सप्तरीमा कुल जनसख्यामध्ये एक लाख ५० लाखको हाराहारीमा तथा सिरहामा एक लाख २५ हजारको हाराहारीमा दलित समुदायको जनसूख्या छ । ‘राज्यले दलित विद्यार्थीलाई मात्र इङ्कित गरेर उनीहरुलाई अध्ययन अध्यापनप्रति आकर्षित गराउन सक्दैन’, लहानस्थित दलित जनकल्याण युवा क्लवका अध्यक्ष उमेश विसुन्केले बताए । उनी भन्छन यसका लागि विपन्न वर्गका अभिभावकहरुलाई थोरै मात्रामा भए पनि रोजगारी तथा आयआर्जनको कार्यक्रमप्रति उन्मुख गराउनुपर्छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »