मण्डल हत्याको आशंकामा तीन पक्राउ

प्रकाशित समय 6:43:00 PM
लहान, २९ भदौ । सिरहाको कल्याणपुर–९ निवासी १७ वर्षीय सुमन मण्डलको हत्या भएको आशंकामा प्रहरीले मंगलबार साँझ तीन जनालाई पक्राउ गरेको छ ।
गत भदौ २३ गतेदेखि बेपत्ता भएका मण्डलको शव सोमबार कल्याणपुर गाविस–१ स्थित लोहजरा खोला छेउमा अनुहारको केही भाग जलेको र बायाँ खुट्टा जंगली जनावरले खाएको अवस्थामा प्रहरीले फेला परेको थियो ।
घटनाको प्रकृति र स्थानीयको भनाइको आधारमा मण्डलको हत्या भएको हुनसक्ने आशंकामा तीन जनालाई पक्राउ गरिएको र त्यसमा संलग्न केही व्यक्ति फरार रहेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक देव पौडेलले जानकारी दिए । पक्राउ परेकाको नाम र ठेगाना प्रहरीले खुलाएको छैन ।
मृतक मण्डलको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र घटनाबारे अनुसन्धान भइरहेकाले अनुसन्धान्पश्चात मात्र थप कुरा बताउन सकिने प्रहरी निरीक्षक पौडेलले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »