सिरहा, ३० भदौ । मुलुकको दोस्रो जेठो चन्द्र उच्च माध्यमिक विद्यालयले सात जना शिक्षक–कर्मचारीलाई विदाई गरेको छ ।

उनीहरुलाई माला, अबिर र डायरी दिई विदाई गरिएको हो । उक्त अवसरमा आफ्ना भनाई राख्दै विद्यालयका शिक्षकहरुले भने, ‘‘तपाईहरुको माया र योगदान अविष्यमरणीय छ । प्रकृतिकै नियम आउनु र जानु रहेकोले यो विदाई गरिएको बताए ।’
त्यस क्रममा विदाई भएकाहरुले विद्यालयले देखाएको उत्साहको प्रशंसा गरेका थिए । विदाई हुनेहरु सेवा अधधिको अढाई दशक यसै विद्यालयमा विताएर अवकास प्राप्त गरेका हुन् ।
