यामाहा कम्पनीको उक्त मोटरसाईकल साकिरले चोरेर त्रियुगा नगरपालिका १० देउरीका मनोज चौधरीलाई बेचेको अवस्थामा भेटेर प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी ओमबहादुर रानामगरले चोरीको मोटरसाईकल देउरीस्थित मोटरसाईकल मर्मत केन्द्र सञ्चालक २७ वर्षीय चौधरीलाई बेचेको अवस्थामा फेला परेको बताए ।
