नियमिततर्फ परीक्षामा एक लाख ७५ हजार ५ सय ९३ विद्यार्थी सहभागी थिए भने ८४ हजार ५ सय ९३ बिद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै आंशिकतर्फ एक लाख २३ हजार १ सय २१ ले परिक्षा दिएकोमा ४८ हजार ७ सय ६३ जना उत्तीर्ण भएका छन् । यो ३९.५९ प्रतिशत हो । गत वैशाख २० देखि सुरु भएको व्यवस्थापन, मानबिकी र शिक्षालगायत सबै समूहको नतिजा सार्वजनिक गरिएको हो । विज्ञान समूहको भने यसअघि नै परीक्षाफल प्रकाशन भइसकेको छ ।
