गोलबजार, ३१ भदौ । घरायसी विवादका कारण दुधेबालकसहित इनारमा हामफल्दा एक बालिकाको ज्यान गएको छ । धनगढीमाई नपा–१२ विष्णुपुरका २८ वर्षीया हिरा खनाल आफ्ना एक वर्षीया छोरी दिलिसालाई वोकेर घर अगाडी रहेका इनारमा हामफल्दा छोरीको इनारमा ज्यान गएको हो ।
आमाको भने प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी श्याम ज्ञावाली जनाएको छ । हिराको श्रीमान धु्रव बैदेशिक रोजगारीको क्रममा दुवईमा रहेको छ । बालिकाको शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ । आमा हिराको पनि सोही अस्पतालमा उपचार भईरहेको जनाएको छ ।
