चट्याङ लागेर तीनकोे मृत्यु

प्रकाशित समय 7:04:00 PM
उदयपुर, ५ असोज । मंगलबार राति अविरल बर्षा सँगै परेको चट्याङले लागेर उदयपुरमा एकै घरका दुई जनाको र पर्वतमा एक जना गरी तीन जनाएको मृत्यु भएको छ ।
आफ्नै घरमा सुतिरहेको बेला चट्याङले लागेर सिद्धिपुर गाविस २ का चक्रबहादुर मगर र जगत बहादुर मगरको ज्यान गएको हो ।
विहानी ४ बजे तिर परेको चट्याङले लागेर घाईते भएका मगर दाजुभाईलाई नेपाल प्रहरीले उद्दार गरि प्राथामिक स्वास्थ्य केन्द्रमा ल्याई पु¥याउदा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरिक्षक भिम प्रसाद सिलवालले बताए ।
प्रहरी निरिक्षक सिलवालका अनुसार स्थानीय खोलामा आएको बाढीको कारण उपचार गर्नको लागी बाहिर लान नसकिएको कारण प्राथामिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।
त्यस्तै अत्याधिक बर्षासँगै आएको बाढीले बरुवा खोलाको तटबन्ध फुट्दा उदयपुर सदरमुकाम गाईघाट जलमग्न भएको छ । त्रियुगा नगरपालिका २ स्थित साकेला थान नजिकको तटबन्ध भत्कदा गाईघाटका ५०० घर डुवानमा परेका हुन् ।
राती बस्तीमा बाढी पसेपछि उदयपुरका तिनवटै सुरक्षा निकाय परिचालन गरि सर्वसाधरणलाई उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र घिमिरेले जानकारी दिए ।
प्रजिअ घिमिरेका अनुसार अहिले खोलामा पानीको सतह केही घटे पनि सर्वसाधरणहरुलाई सुरक्षित रहन आग्रह गरे । वर्षातको कारण उदयपुरको सम्पूर्ण यातायातका साधनहरु अहिले ठप्प बनेका छन् । जिल्लाबाट चल्ने कुनै पनि सवारी साधनहरु संचालन हुन नसकेको प्रहरीले जनाएको छ ।
त्यस्तै पर्वतमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । मंगलबार राति परेको चट्याङ लागेर बनौँ–१ का ५० वर्षका निलप्रसाद फकामीको ज्यान गएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेका फकामीको चट्याङ लागे लगतै ज्यान गएको हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »