यस अघिका डिएसपीहरुले गरेको राम्रा कामलाई निरन्तरता दिँदै सुवेदीले इटहरीमा देखाएको आधुनिक पुलिसिङले अपराध न्यूनिकरण र प्रहरी प्रतिको जनभाव राम्रो देखिएको हो । उनले १५ दिन अघि मात्रै इटहरीको जिम्मेवारी सम्हालेका थिए ।
इटहरीमा देखिएको गुण्डागर्दी तथा अन्य सामाजिक अपराधलाई नियन्त्रण गर्न डिएसपी सुवेदीले ४० जना पुरुष र ३ महिलालाई सार्वजनिक मुद्धा दायर गरी कारबार्ही गरेका छन् । पक्राउ पर्नेहरुमा राजनितिक दलका नेता, प्रहरी पहुँचको पावर देखाउने, डर धम्की दिएर पैसा असुल्ने, म्यानपावर व्यवसायी, यौन व्यवासयमा संलग्न ,लागुऔषध र टोले गुण्डागर्दी गर्नेहरु छन् ।
‘डेमोक्रेटीक पुलिसिङ’ को ‘कि फ्यक्टर’ भनेको ‘नागरिकको सेवा’ हुने हुँदा इटहरीमा आफुले प्रभाबकारी रुपमा स्मार्ट पुलिसिङमा बढी जोड दिने डिएसपी सुवेदीले बताए ।
