बलान नदीमा तटबन्ध निर्माणले दर्जन गाविस सुरक्षित

प्रकाशित समय 8:14:00 PM
धीरेन्द्रप्रसाद साह, 
राजविराज, १ असोज । सप्तरी जिल्लाको बलान नढीको पूर्व भागमा तटबन्ध निर्माणले बाढीको उच्च जोखिम रहेको एक दर्जन गाविस सुरक्षितसँगै त्यहाँकावासी खुशी भएका छन । बलान नदिमा सप्तरी जिल्लाको हर्दिया, कुशहा, मल्हनिया, मौआहा, बेलही, पटेर्वा गाविसका गरी कुल ४ किलो ४५० मीटर तटबन्ध निर्माणले ती गाविसका दर्जन गाउँबस्ती सुरक्षित भएका हुन । गाउँवस्तीसँगै ३०९ हेक्टर खेती योग्य जग्गा कटान हुनबाट जोगिएका छन । मौआहा गाविसमा पूर्व उपराष्ट्रपति परमानन्द झाको घर छ । तटबन्ध निर्माणले एक हजार ३०५ घरधुरीका १०हजार ३५९ जना लाभान्वित भएका छन् ।
दुई दशक अगाडि बलान खोलामा आएको बाढीले सप्तरीको बेल्ही गाविस–१ का करिब ८० घर सोही वार्डमा खोला भन्दा टाढामा सरेका छन । तर पनि बाढीको उच्च जोखिम नै थियो । बेल्हीको वार्ड नं. १ सहित सिंगो गाविस नै बलान खोलाको बाढीको उच्च जोखिममा रहेको वार्ड नं. १ निवासी बच्चालाल यादवले जानकारी दिए । बस्तीमा बाढी पसेर तहसनहस पार्नुको साथै हजारौ विघा खेती योग्य जग्गा, धानबाली कटान हुँदै आएकोमा सो तटबन्ध निर्माण भएकोले अब सुरक्षित महसुश भएको उनको भनाई छ ।
राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति अन्तर्गत सञ्चालित बलान नदि प्रणाली आयोजनामा जल उप्तपन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नं. ६ जनकपुरले सप्तरीको हर्दिया गाविसदेखि भारतीय सीमासँग जोडिएको बेल्ही गाविससम्म कुल सात करोड ८५ लाख नौ हजार २१७ रुपियाँको लागतमा बाँध र स्टड निर्माण गरिएको ईन्जिनियर पुरुषोतम साहले जानकारी दिए । बेल्ही गाविसको भारतीय बोडरसम्म तटबन्ध र स्टड निर्माण गर्ने लक्ष्य रहेकोले चालु आ.व.देखि नै निर्माण कार्यलाई निरन्तरता दिइने बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »