सप्तरीमा झाडापखालाबाट ४८ जना विरामी

प्रकाशित समय 7:47:00 PM
सप्तरी, ३० भदौ । सप्तरीको जमुनी मधेपुरा गाविसमा झाडा पखालाका विरामी देखिएका छन् । त्यस क्षेत्रमा झाडापखाला फैलिएको खबर पाए पछि विहीवार जनस्वास्थ्य कार्यालय सप्तरीले औषधी सहितको स्वास्थ्यकर्मीको टोली खटाएको छ ।
जमुनी मधेपुरा गाविस २ मा बुधवारदेखि झाडा पखालाबाट ४८ जना पीडित भएको खवर आएपछि जनस्वास्थ्य निरिक्षक राजनारायण ठाकुरको नेतृत्वमा औषधी सहितको १२ सदस्यीय स्वास्थ्यकर्मीको टोली खटाई उपचार सेवा शुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख बिजयकुमार झाले बताए ।
झाडा पखालाबाट पीडित सो गाउँका ६ जनाको स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा तथा अन्यको गाउँको विद्यालय र घरमैै उपचार भईरहेको जमुनी मधेपुरा स्वासथ्य चौकीका ईन्जार्च क्षत्री साफीले जानकारी दिए ।
विशेष गरी झाडा पखालाबाट महिला, युवा र बृद्ध बढी प्रभावित देखिएका छन् । फोहोर मैलाको उचित ब्यवस्थपन हुन नसक्नु, शुद्ध खानेपानीको अभाव, बासी खाना, दुषित वातावरण, चर्पीको अभाव, चेतनाको कमी र बदलिँदो मौसमको कारण त्यस्तो समस्या देखिएको वताएका स्वाथ्य चौकी प्रमुख साफीले उपचार सेवाका साथै गाउँलेमा चेतना अभिवृद्धि गर्ने काम पनि शुरु गरिएको जानकारी दिए ।
उनले झाडापखालाका विरामीको चाप बढेपछि औषधिको अभाव समेत भएको बताएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »