सर्वेक्षक घुस लिदै गर्दा पक्राउ

प्रकाशित समय 5:08:00 PM
भैरहवा, ३१ भदौ । नापी कार्यालय रुपन्देहीमा कार्यरत नापी सर्वेक्षक घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्वेक्षक गंगा प्रसाद शाह रहेका छन् । साहले सिद्भार्थ नगर नगरपालिकामा भएको कित्ता नं. ३४०८ को दश धुर क्षेत्रफल रहेको जग्गा र घरको हालसाविक गर्ने निवेदन उपर कानुन बमोजिम नगरी बिभिन्न वाहानामा सेवाग्राहीसंग धुस रिसवत माग गरिरहेको भन्ने उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो ।
सूचनाको आधारमा आयोगको बुटवल स्थित कार्यलायबाट खटि गएको टोलीले साहलाई १५ हजार घुस रकम लिदै सिद्भार्थ नगर नगरपालिका ३ मा रहेको सिद्भार्थ गौतम कोलोनी स्थित सेवाग्राहीको घरबाट घुस रकम सहित नियन्त्रणमा लिएको हो । घटनाको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »