पूर्वसभासद् चौधरीको निधन

प्रकाशित समय 7:50:00 PM
राजविराज, ३० भदौ । पूर्वसभासद् डा लक्ष्मीलाल चौधरीको ७८ वर्षको उमेरमा बुधवार निधन भएको छ । सप्तरीको हरिहरपुर–९ निवासी चौधरीको आफ्नै घरमा निधन भएको बताइएको छ । महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका पूर्वप्राध्यापकसमेत रहेका चौधरी पहिलो संविधानसभा विसं २०६४ सालमा नेपाल लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट सभासद् बनेको थियो ।  चौधरीलाई बुधबार साँझ सामाजिक परम्पराअनुसार गाउँमै अन्त्येष्टि गरिएको छ । सभासद् चौधरीका दुई छोरा र दुई छोरी रहेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »