जनकपुर, ५ असोज । गैरसरकारी संस्थाको सहयोगमा तराई मधेसमा अत्यन्त पिछडिएको मुसहर समुदायका ६१ जना विद्यार्थीले एकै साथ उच्च शिक्षा अध्ययन सुरु गरेका छन् । यी विद्यार्थीहरुलाई भोर नामक संस्थाले अध्ययनका लागि ५१ हजार आर्थिक सहयोग गरेको छ ।
विस.२०७२ सालको एसएलसी परीक्षामा उत्तीर्ण ९२ जना मुसहर समुदायका विद्यार्थी मध्ये ६१ ज्नाले उच्च शिक्षाका लागि विभिन्न जिल्लाका कलेजहरुमा भर्ना भएका छन् ।

धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सुनसरी, सप्तरी, रौतहट, बारा, पर्सा, मोरङ, नवलपरासी लगायतका जिल्लाका मुसहर समुदाय आप्mना बालबालिकालाई अध्ययन अध्यापनका लागि जागरुक बन्दै गएको भोर संस्थाका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।
मुसहर समुदायका बालबालिकाहरुलाई अध्ययनका लागि भोरले ५१ हजार रुपैयाँ सहयोग गरेको अध्यक्ष महतो बताए । अध्ययनका लागि सहयोग गर्ने उद्देश्यले गत असारमा जनकपुरमा पूर्व राष्ट्रपति डा.रामवरण यादवको प्रमुख आतिथ्यमा दीनाभद्री छात्रवृत्ति कोषको स्थापना गरिएको थियो । उक्त कोषबाट मुसहर समुदायका विद्यार्थीहरुलाई पठन पाठनका लागि रकम प्रदान गरिने महतोेले बताए ।
