विभिन्न माग राख्दै नयाँ शक्तिले बुझाए ज्ञापन

प्रकाशित समय 8:20:00 PM
सुरेन्द्र कुमार कामति
सिरहा, २ असोज । भर्खरै निर्वाचन आयोगबाट दलको मान्यता पाएका नयाँ शक्ति नेपालले सिरहामा विभिन्न समसामायिक सवाललाई केन्द्रित गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
संविधान संशोधनको माग राखी व्यवस्थापितका संसदभित्र र बाहिर आन्दोलनरत दलको मागलाई सम्बोधन गर्न एउटा सर्वपक्षीय राजनीतिक संयन्त्र तत्काल गठन गर्न, भ्रष्टाचार नियन्त्रण, कालोबजारी नियन्त्रण गर्न एसटिएफ गठन लगायतका विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय सिरहा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
राजनीतिक पक्ष, आर्थिक–समाजिक पक्ष, भूकम्प पीडितलाई राहत तथा पुर्ननिमार्ण–नवनिर्माण, विकास–निर्माणतर्फ, राष्ट्रियताको सम्बन्ध, शान्ति प्रकृयासँग जोडिएका   विषयवस्तु र समसामयिक विषयवस्तु ज्ञापन पत्रमा समेटिएको छ । सदरमुकाम सिरहामा नारा जुलुस सहित सयौंको संख्यामा निकालिएको जुलुस जिल्ला प्रशासन कार्यालय सिरहामा पुगेको थियो । यस जुलुसलाई नयाँ शक्तिले शक्ति प्रर्दशनको रुपमा पनि अथ्र्याएको छ ।
नयाँ शक्ति सिरहाका संयोजक जिवछ यादवको नेतृत्वमा रहेको जुलुसले सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम पौडेललाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पज्ञ बुझाएर सहिद राजेश ठाकुर पार्कमा कोणसभा गरी सम्पन्न भएको हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »