उनीहरुले पर्साको जगरनाथपुरबाट वीरगन्ज आउँदै गरेको चन्दन लुब्रिकेन्टको को १ च ४२५२ नम्बरको गाडी रोकेर लुटपाट गरेको प्रहरीले जनाएको छ । उनीहरुले गाडीका सञ्चालक दुशवी नगरपालिका–५ का नारायण साहलाई कुटपीट गरी ३२ हजार रुपैयाँ र एउटा मोवाइल लुटेका थिए ।
लुटपाट गर्ने सात जनाको समूह रहे पनि अन्य चार जना भागेको पर्साका प्रहरी प्रमुख डा. राजबाबु श्रेष्ठले बताए । उनीहरुको पनि खोजी भइरहेको उनले बताए ।
