
खोला आसपासका केही पसल तथा घरहरुमा समेत बाढी पसेको छ । इटहरीको बिराटनगर लाईनमा रहेको एक पुलमा टेग्रा खोलमा आएको बाढीले कटानमा पारेको छ । बाढीले पुल छेउको भाग कटान गरेपछि इलाका प्रहरी कार्यालय इटहरीको टोलीले अस्थाई बाँध बाधेको छ । पानी निरन्तर परिरहेकाले अझ कटान हुन सक्ने बताइएको छ ।
इटहरीको मुख्य सडकमा समेत पानी जमेको छ । सडकबाटै नै खोला कुदन थालेपछि अन्य क्षेत्रका घर तथा पसलमा पानी पसेको छ ।

इटहरी क्षेत्रमा बाढी पसेपछि संम्भाबित घटना हुन नदिन प्रहरीको टोली परिचालन गरिएको छ ।
यस अघि पनि पटक पटक डुबानमा पर्ने इटहरी केही समय यता टेग्रा खोलाको मुहान सेरा खोलामा तटबन्ध बनाइएपछि डुबान कम भएको थियो । अहिले लगातार पानी परिरहेको कारणले पनि खोलाहरुमा बाढी पसेर इटहरीका केही भुभाग जलमग्न भएको हो ।
