सप्तरीमा हैजा फैलियो, बिरामीको संख्या बढ्दै

प्रकाशित समय 6:49:00 PM
सप्तरी, ५ असोज । सप्तरीको कोइलाडी गाविसमा गएको शुक्रबारदेखि फैलेको झाडा पखालाका दुई जना बिरामीमा हैजाको जिवाणु देखिएको छ ।
उपचारका लागि गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल राजविराजमा भर्ना भएका दुई जना झाडा पखालाका बिरामीमा हैजाको जिवाणु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । दिसाबाट संक्रमित पानी र खाने कुराबाट फैलिने हैजाको जिवाणु कोइलाडी–२ की सोनीदेवी र सचीयामा देखा परेको जनस्वास्थ्य प्रमुख विजयकुमार झाले बताए ।
‘‘दुई जनामा व्याक्टेरियम भिव्रियो कोलेरी नामक जिवाणु देखिएको छ तर काठमाडांैबाट आउने चिकित्सक टोलीले नमुना परिक्षण गरेपछि मात्र थप कुरा एकिन हुन्छ’ उनले भने । कोइलाडी गाविसमा झण्डै ६० जना मानिस झाडा पखालाले ग्रसित रहेकोले आवश्यक औषधीसहित जनस्वास्थ्यबाट उपचार टोली पठाइएको छ ।
कोइलाडी गाविसका २, ४, ६ र ९ वडामा फैलेको झाडा पखालाले ग्रसित भएका बिरामीमध्ये २२ जनाको गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल राजविराजमा, ७ जनाको गाउँकै स्वास्थ्य चौकीमा र ४५ जनाको स्वास्थ्यकर्मीको निगरानीमा घरैमा राखि उपचार भइरहेको कोइलाडीका स्वास्थ्य चौकी इन्चार्ज परशुराम यादवले जानकारी दिए । उनका अनुसार ती वडाहरुबाट थप झाडा पखालाले ग्रसित बिरामीहरु आउने क्रम रोकिएको छैन ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »