सिरहा, १ असोज । सदरमुकाम सिरहामा शनिवार सरसफाई गरिएको छ । विश्वकर्मा पूजा र राष्ट्रिय सरसफाई अभियान अन्र्तगत सिरहामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।
सदरमुकाम सिरहाको जिल्ला स्वास्थ्य कार्यालय अगाडी रहेको मुलसडकमा सरसफाई गरिएको हो । त्यस क्रममा विभिन्न पेय पदार्थको बोतल, प्लास्टिक, कुट, कपरा, झारपात सफाई गरिएको अभियानमा संलग्न नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष देव कुमार यादवले बताए ।

विश्वकर्मा पूजा र राष्ट्रव्यापी जारी सरसफाई अभियानलाई थप बल प्रदान गर्न सरसफाई गरिएको अभियानमा सहभागीहरुको भनाई छ । सरसफाई कार्यक्रममा नेकपा एमालेका अध्यक्ष प्रमोद यादव, महासंघ अध्यक्ष यादव, अभियन्ता धिरेन्द्र साह, नेपाली काँग्रेसका जिल्ला सदस्य एवं एम्वीसन एकेडमीका प्रिन्सिपल रामकिशोर यादव, आरे मेमोरियल स्कूलका प्रिन्सिपल मनोज यादव, युवाहरु विवेक यादव, अशेष गोइत, जितेश कर्ण, ब्रहमदेव महासेठ, पत्रकार दिलिप सहनी, सामुदायिक प्रहरी सेवाका इन्चार्ज प्रहरी हबलदार जयप्रकाश राय, महिला अभियन्ता सुषमा ठाकुर लगायतको सहभागिता रहेको थियो ।
त्यसो त सिरहामा प्रत्येक वुधवार सरसफाई सप्ताह अन्र्तगत सरसफाई र दुर्गा आरती हुँदै गरिदै आएको छ । २४औं साता सरसफाई अभियानको सदरमुकाममा पुगिसकेको छ ।
