बसले मोटरसाइकललाई ठक्कर दिँदा ३ को मृत्यु

प्रकाशित समय 6:18:00 PM
सर्लाही, २७ भदौ । सर्लाहीको हरिऔनमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको मुत्यु भएको छ । एक पैदलयात्री घाइते भएका छन् ।
आइतबार राती पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरीऔन नगरपालिका–११ स्थित इलाका प्रहरी कार्यालय अगाडि काँकडभिट्टाबाट धनगढी तर्फ जाँदै गरेको मे १ ख २१०८ नम्बरको बसले ना ३९ प ३५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक हरिऔन नगरपालिका–१ का १७ वर्षीय बिशाल श्रेष्ठ, मोटरसाइकल पछाडि बस्ने हरिऔन नगरपालिका–११ का १९ वर्षीय अमिरजंग थापा र सोहि स्थानका १९ वर्षीय विकास विक रहेको सर्लाहीका एसपी उत्तमराज सुवेदीले जानकारी दिए ।
दुई जनाको नमूना अस्पताल हरिऔनमा उपचारका क्रममा ज्यान गएको हो भने एक जनाको चुरेहिल हस्पीटल हेटौंडामा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय हरिऔनले जनाएको छ । मोटरसाइकलले बाटो क्रस गर्न लागेको बेला बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनामा घाइते पैदल यात्री हरिऔन नगरपालिका–११ का पवनखोजु श्रेष्ठ नमूना अस्पतालमा उपचारपछि घर फर्किएका छन् । बस र बस चालक झापा मेचीनगर–३ का ४२ वर्षीय राजन बुढाथोकी र मोटरसाइकल इलाका प्रहरी कार्यालय हरिऔनको नियन्त्रणमा छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »