अटोरिक्सा चालक महेश चौधरीले भेटाएको ५० हजार प्रहरीलाई बुझाए

प्रकाशित समय 6:38:00 PM
दाङ, २८ भदौ । दाङका अटोरिक्सा चालक महेश चौधरीले भेटाएको ५० हजार रुपैयाँ प्रहरीलाई बुझाएको हो । गढवा–२ का २२ वर्षका महेशले आफूले चलाउँदै आएको रा १ च १०५० नम्बरको अटोरिक्सामा भेटिएको ५० हजार रुपैया प्रहरीलाई बुझाएको हो ।
सफा गर्ने क्रममा सिटमुनि पाँचसय रुपैयाँका एक सयवटा नोट भेटेको उनले बताए । चौधरीले आफूले भेटाएको ५० हजार रुपैयाँ इलाका प्रहरी कार्यालय गढवामा बुझाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए ।
यो पैसा सोमबार गढवा बजार क्षेत्रमा रिक्सामा यात्रा गर्ने यात्रुको हुनसक्ने प्रहरीले बताएको छ । पैसा हराएको बारे कसैले प्रहरीमा उजुरी नगरेको उनले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »