राष्ट्रिय खीष्टियन महासंघ नेपाल सिरहा जिल्ला कार्य समिति प्रजिअमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाए

प्रकाशित समय 6:51:00 PM
गोलबजार, ५ असोज । धार्मिक अधिकारको रक्षा र धर्मनिपेक्षताको संस्थागत विकासका लागि राष्ट्रिय खीष्टियन महासंघ सिरहा जिल्ला कार्य समितिले १५ बुँदे काठमाडौं घोषणा पत्र पूरा गराउन प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ ।
हालै सम्पन्न दोश्रो महाधिवेशनबाट १५१ जनाको केन्द्रिय समिति गरी खीष्टियान समुदायको अस्तित्व, पहिचान स्थापित गराउन र राष्ट्रिय सरारकोका विषयहरुका साथै धार्मिक अधिकार रक्षा र धर्मनिपेक्षातको संस्थागत विकास लगायत १५ बुँदे माग सरकारलाई बुझाएको छ । सरकारले खीष्टियमसका दिनमा दिँदै आएको सार्वजनिक विदालाई केटौती गरी इसाई कर्मचारीहरुलाई मात्र सीमित गरि दिएको हुँदा तीसौं लाख खीष्टियन समुदायको आस्थाको सम्मान गर्दै उक्त निर्णय खारेज गरी सार्वजनिक विदा कायम र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले २०७३ असार ७ गते एक परिपत्र जारी गरी सबै जिल्ला विकास समितिहरुलाई परियोजना सम्झौता गर्दा वा पूर्व सहमति दिँदा धर्मप्रचार वा त्यस सम्बन्धी गतिविधि संचालन गर्ने प्रकृतिका परियोजनालाई अस्वीकृत गर्ने निर्देशन दिएको थियो ।
बाल गृहहरुलाई धर्मप्रचारको नाममा झुठा मुद्दा लगाउने, चर्चभित्र विना अनुमति प्रहरी प्रशासन पवेश गरी आतंकित बनाउने कार्य लगायत सम्बन्धमा १५ बसुँदे काठमाडौं घोषणा पत्र –२०७३ जारी गरिएको हुँदा अविलम्ब यी मागहरु पुरा गराउनका लागि प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्री समक्ष यो ज्ञापन बुझाएको राष्ट्रिय खीष्टियन महासंघ नेपाल सिरहा जिल्ला कार्य समितिका अध्यक्ष रोशन लामाले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »