अज्ञात सवारीको ठक्करबाट एकको मृत्यु, इनारमा खसेर बालिकाको ज्यान गयो

प्रकाशित समय 6:31:00 PM
गोलबजार, ६ असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१ मा विहीबार बिहान अज्ञात सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको नम्बर नखुलेको अज्ञात सवारीसाधनको ठक्करबाट नाम थर वतन नखुलेका अन्दाजी ३० वर्षीय एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । यस्तै सिरहाको धनगढीमाई नगरपालिका–१३ मा बुधबार साँझ इनारमा डुबेर एक बालिकाको मृत्यु भएको छ । स्थानीय हरिनारायण यादवको सात वर्षीया छोरी अन्जली खेल्ने क्रममा चिप्लेर इनारमा खसेकी थिइन् । छिमेकीले उनलाई खसेको देखेपछि निकाल्न लाग्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »