
निर्वाचन गर्न आवश्यक पर्ने पाँच वटा कानुनको मस्यौदा सरकारलाई पठाइसकेको बताउँदै उनले राजनीतिक सहमति जुटे चैतमा स्थानीय निर्वाचन गराउन गाह्रो नहुने बताउँदै भने “राजनीतिक प्रतिबद्धता भए २०७४ माघ ७ भित्र सबै तहका निर्वाचन गर्न सक्छौँ,राजनीतिक निर्णय गरेमा ९० देखि १२० दिनमा अयोगले निर्वाचन गर्न सक्छ ।”
उनले राजनीतिक दलले सहमति कायम गरेर निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई नै दिनुपर्नेमा जोड दिए । यसअघि सरकारले नै निर्वाचनको मिति तोक्दै आएकोमा अबदेखि भने आयोगलाई नै त्यो अधिकार दिँदा निर्वाचन गर्न सहज हुने उनको भनाइ छ ।
प्रमुख निर्वाचन आयुक्त यादवले यसअघिका निर्वाचनमा खर्च विवरण नबुझाउने राजनीतिक दल तथा उम्मेदवारविरुद्ध आयोग कडा रुपमा प्रस्तुत हुने जानकारी समेत दिए ।
