दुर्गा मन्दिरबाट झण्डै सय मिटर पश्चिममा परालको थुप्रोमा शिशु भेटिएको हो । स्थानीय बासिन्दाले शिशु रोएको आवाज सुनेर परालमा हेर्दा शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए । गिद्धाबेलापट्टी प्रहरी चौकीको टोली तत्कालै पुगेर बच्चालाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल पठाएको छ । अवैध सम्बन्धबाट जन्मिएको शिशु कसैले फालेको हुन सक्ने र बच्चा फाल्ने आमाबुबाको खोजी भइरहेको प्रहरी सहायक निरीक्षक परमानन्द साहले बताए ।
