मानवअधिकारकर्मी र संचारकर्मीविच छलफल

प्रकाशित समय 8:36:00 PM
लहान, ४ असोज । सिरहका विभिन्न घटनाबाट प्रभावित भएको व्यक्तिहरुले मानवअधिकारकर्मी तथा प्रहरीको सहयोगमा न्याय पाएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
लहानमा इह्रिकन नेपालले आयोजना गरेको मानवअधिकारकर्मी तथा संचारकर्मीविचको छलफल कार्यक्रममा सहभागीहरुले यस्तो बताएका छन् । कार्यक्रममा सहभागी दलित जनकल्याण युवा कल्ब कार्यकारी निर्देशक विनोद विसुन्केले भने, ‘केही वर्ष पहिले महिलाहरुले आफु कुनै कारणवश हिंंसामा परेपनि बोल्न सक्दैनथ्यो, अहिले त्यसमा परिवर्तन भएको बताए । खासगरी सिरहाको दक्षिण भेगका महिलाहरुले पहिले कुनै कार्यक्रम जाँदा पनि केही बोल्दैन्थ्यो, अहिले महिला पुरुषसँगै हरेका समाजिक कार्यक्रममा सँगै बस्ने गरेको छ, त्यो नै एक प्रकारको उपलब्धी भएको उनले बताए ।
वाल विवाह वा अरु कुनै घटनाको पिडितलाई न्यायको लागि पहल गर्दा मानवअधिकारकर्मीहरुलाई पिडकबाट धम्की आउने गरेको महिला मानवअधिकारकर्मी देवकुमारी रामले बताईन् । मानवअधिकारकर्मी र प्रहरीको सहयोगमा नै पिडितहरुले न्याय पाएको उनले सुनाइन् ।
विभिन्न घटनाका पिडितहरुलाई न्याय दिलाउने काममा मानवअधिकारकर्मीले खेलेको भुमिका सराहनीय रहेको नेपाल पत्रकार महासंघका सचिव जिवछ यादव उदासीले बताए । इह्रिकनले सिरहाको दुई गाविस सितापुर र पिप्रा प्रधमा न्यायमा पहुँच सम्बन्धी कार्यक्रम सुरु गरेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »