गौरमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बिच झडप

प्रकाशित समय 8:31:00 PM
रौतहट, ३ असोज । रौतहट जिल्लाको सदरमुकाम गौरमा संविधान दिवस मनाउन निस्केको जुलुसमा सहभागी भएका सरकारी कार्यालयका कर्मचारीहरुलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले लखेटेका छन् ।
नयाँ संविधान जारी भएको एक वर्ष पुरा भएको अवसरमा नेपाल सरकारले घोषणा गरेको पूर्व कार्यक्रम अनुसार प्रमुख जिल्ला अधिकारी नरहरी बरालको नेतृत्वमा सोमबार विहान निस्केको ¥याली माथि संविधानको विरोधमा रहेका मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनका कार्यकर्ताहरुले प्रतिकार गर्दा जुलुसमा सहभागी रहेका सरकारी कर्मचारीहरु भागेका थिए भने मोर्चा र प्रहरी बिच झडप भएको थियो ।
जिल्ला प्रसाशन कार्यालयवाट संविधान दिवस लेखिएको बैनरसहित निस्केको करिब १०० मिटरको दुरीमा नपुग्दै गठबन्धनका कार्यकर्ताहरु कार्यक्रम विथोलेका हुन् । सरकारले विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाउन घोषणा गरेको छन् भने अर्को तिर आन्दोलनमा रहेका संघीय गठवन्धनले असोज ३ गतेका दिन विरोधका कार्यक्रम गरि कालो दिवस मनाउन घोषणा गरेको हो ।
विहान निस्केको जुलुसमा भएको झडपमा सुरक्षाकर्मीहरुले लाठी प्रहार गर्दा दर्जन भर मोर्चा कार्यकर्ता सामान्य रुपमा घाइते भएको हो । त्यस्तै पूर्व घोषित कार्यक्रम अनुसार तराई–मधेश राष्ट्रिय अभियान रौतहटका कार्यकर्ताहरुले गौरस्थित मधेशी क्रान्ति चौकमा नेपालको संविधान २०७२ जलाई विरोध जनाएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »