लागूऔषध सहित दुई युवा पक्राउ

प्रकाशित समय 6:48:00 PM
सिरहा, ८ असोज । सिरहाको ईनर्वा–७ बाट प्रहरीले शुक्रबार लागूऔषध ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका–१७ बस्ने २२ वर्षिय उमेश चौधरी र कैलाली उपमहानगरपालिका–६ बस्ने २१ वर्षीय समिर विष्ट हुन् । उनीहरुले शुक्रबार साँझ स७प १९०४ नम्बरको मोटरसाइकलको भाईजरमा लुकाएर १५० पिस नाईट्रोभेट ट्याब्लेट र ४० पिस नाइट्रोसन ट्याब्लेट ल्याउँदै थिए । उनीहरुलाई प्रहरी चौकी ठाँडीबाट खटिएको टोलीले चेकजाँच गर्दा लागूऔषध बरामद भएपछि नियन्त्रणमा लिएको हो ।
त्यसैगरी भोजपुर प्रहरीले शुक्रबार बिहान जिल्लाको देवानटार गाविस ४ र ५ मा रहेको अन्दाजी साढे एक रोपनी गाँजा खेती नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय बोयाङबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा आफै उम्रिएको करिब २ सय ५० बोट गाँजा नष्ट गरेको हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »