शान्तिको कामना

प्रकाशित समय 7:04:00 PM
सुरेन्द्र कुमार कामति
सिरहा, ५ असोज । विश्व शान्ति दिवसको अवसरमा सिरहामा शान्तिको कामना गरिएको छ । आत्म ज्ञान प्रचार संघले सदरमुकाम सिरहामा वुधवार शान्ति ¥याली सहित शान्तिको कामना गरेको हो ।
विश्वमा वढ्दो द्वन्द्वको निवारण र प्रत्येक नागरीकले शान्तिको अनुभूति प्राप्त गर्न सकोस भन्दै संघले शान्ति ¥याली प्रर्दशन गरेको हो । विश्वमा हतियारको वढ्दो प्रयोगले अशान्ति सृजना गरेको भन्दै यसलाई कम गर्न राजनीतिक नेतृत्वहरुले भूमिका खेल्नुपर्ने ¥यालीमा सहभागीहरुको जोड थियो । ‘विश्व ‘शान्ति दिवस मनाऔं, जनजनमा शान्ति फैलाऔं’ लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड सहित प्रर्दशन गरिएको केन्द्रका सदस्य कारीराम ठाकुरले बताए ।
यसैवीच दिवसको अवसरमा फलफूल वितरण गरिएको छ । स्थानीय शान्ति समितिको अगुवाईमा जिल्ला अस्पताल सिरहामा उपचारको लागि भर्ना भएका रोगीहरुलाई फलफूल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »