नहाय खाय वर्तबाट आजदेखि जितिया पर्व सुरु

प्रकाशित समय 6:50:00 PM
रोहित कुमार मण्डल
लहान, ५ असोज । तराईका प्रायःसबै जातका विवाहिता हिन्दु नारीले आफ्ना पति तथा सन्तानको लामो आयूको कामना गर्दै बिहिबार देखि निष्ठा पूर्वक जितिया पर्व मनाईदैछ ।
यस पर्वमा सन्तान तथा पतिको सुख सम्बृद्धिका लागि पुकार गर्दै स्याल, बाज,तथा मृत श्रेष्ठाजनको पुजा गर्ने गर्दछ । तराई क्षेत्रमा लोकप्रिय रहेको यो जितिया पर्व प्रत्येक वर्ष असोज कृष्ण पक्ष सप्तमी देखि नवमी तिथि सम्म मनाईन्छ । यस वर्षको पहिलो दिन अर्थात सप्तमीका दिन नहाय खाय वर्तबाट सुरु हुन्छ ।
नहाय खाय वर्तका दिन वर्तालु महिलाहरु स्थानिय नदि,पोखरी तथा जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, तेल, सिन्दुर, सुर्य पुत्र शालिवाहानका छोरा जितवाहानलाई चढाउ“ने गर्दछ । यस पर्वमा नहाय खायको दिन अनिवार्य रुपमा वर्तालु महिलाहरुलाई माछा तथा मरुवाको रोटि खानै पर्ने परम्परा रहेको वर्तालु महिला बिमला देवी चौधरीले  बताइन ।उनले भनिन, ‘यस पर्वमा माछा तथा मरुवाको ठूलो महत्व रहेको बताइन् ।’
पर्वको दोस्रो दिन अर्थात अष्टमी तिथिका दिन वर्तधारी महिलाहरु २४ घण्टाको लामो निराहार उपवास बस्ने गर्दछन् । उपासका दिन वर्तधारी महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवन गर्ने गर्छन् । यस पर्वको अवसरमा ठाउ–ठाउमा भब्य जितिया मेलाको समेत आयोजना गरेका छन् । प्रत्येक वर्ष झै यस वर्ष पनि सिरहाको पडरिया र सप्तरीको कदमाहामा तथा करमनियामा भब्य जितिया मेलाका आयोजना गरिएको मेला कमिटिका सदस्य दुखिलाल चौधरीले जानकारी दिए । मेलाको सम्पूर्ण तयारी पुरा भईसकेको चौधरीले बताए ।
यो पर्व खास गरी तराईका थारु समुदायले महान पर्वको रुपमा मनाईने भएकोले प्रत्येक थारु समुदायको घरमा एक वा एक भन्दा बढि पहुना आएकै हुन्छ पोखरीयाका अर्का वर्तालु महिला सुशीला देवी चौधरी बताउनु हुन्छ । चौधरीका अनुसार, थारु समुदायले आफनो दिदि, बहिनीलाई सासुरालबाट माईतिमा आई यो पर्व मनाउने प्रचलन रहेको बताईन ।
पर्वको अन्तिम दिन अर्थात नवमी तिथिका दिन वर्तालु महिलाहरु पुनः नदि, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई उक्त पवित्र चौकामा चिउरा, दहि तथा सखरको प्रसाद बनाई अर्ध दिएर मात्र वर्तालुहरुको वर्त समाप्त हुन्छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »