अस्पतालमा रेडियोलोजिस्ट, सर्जन, अनेसलोजेस्ट, नाक, कान, घाँटीसम्बन्धी विशेषज्ञ, हाडजोर्नी, बालरोग विशेषज्ञसहित करिब एक दर्जनभन्दा बढी डाक्टरको दरबन्दी भए पनि अवश्यकताअनुसार डाक्टर नहुँदा उपचारमा समस्या भएको मेडिकल डा साहले जानकारी दिए । दरबन्दीअनुसार स्त्रीरोगतर्फ समेत अभाव रहेकाले प्रसूति गराउन आउनेलाई पनि विशेषज्ञको अभाव छ ।
यहाँको अस्पतालमा दरबन्दीअनुसारको विशेषज्ञ नभएकाले इमर्जेन्सी केसका बिरामीलाई यहाँ उपचार नपाएर धरान, विराटनगर जस्तो अस्पतालमा पठाउनु पर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ ।
स्रोत र साधनबाट समेत अभाव रहेको अस्पतालमा यहाँ उपचार गराउन आउने सर्वसाधारण बिरामीलाई समस्या हुनाका साथै उचित उपचार पाउनबाट वञ्चित भएको आफ्ना छोरीलाई उपचार गर्न अस्पताल पुगेका राजविराजका राजेश यादवले गुनासो गरे ।
अस्पतालको आकस्मिक कक्षमा २५ श्ययाको बेड रहे पनि दिनुहुँ अस्पतालमा बिरामीको चाप बढेकाले उपचार गराउने बिरामीलाई अहिले भुइँमै राखेर उपचार गराउन बाध्य रहेको अस्पताल प्रशासनले जनाएको छ । त्यस्तै आकस्मिक कक्षबाहेकका वार्डमा भने ५० श्यया रहकामा यहाँ प्रसूति गराउने महिलाको संख्यामा वृद्धि भएपछि झन समस्या हुने गरेको अस्पतालबाट थाहा भएको छ ।
