पुलबाट खसेर बालकको मृत्यु

प्रकाशित समय 6:44:00 PM
सप्तरी, २९ भदौ । सप्तरीको कन्चनपुर नगरपालिका–२ स्थित बरमझियाको पुलबाट खसेर बुधबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका बौना सरदारको डेढ वर्षीय छोरा करण सरदार रहेको इलाका प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ । घर नजिकै रहेको उक्त पुलमाथि खेल्ने क्रममा खसेर उनको मृत्यु भएकोे प्रहरीले जनाएको छ । अहिले करणको शव स्वास्थ्य परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »