अनसनकारीको स्वास्थ्य बिग्रदै

प्रकाशित समय 5:06:00 PM
महोत्तरी, ३१ भदौ । महोत्तरी जिल्लाको पिपरामा आमरण अनशन गरिरहेकाहरुको स्वास्थ्य बिग्रन थालेको बताइएको छ । भिठ्ठामोड–जनकपुर सडकलाई ६ लेनको बनाउनुपर्ने समेत ५ बुदे मँग राख्दै चार जनाले आमरण अनशन गरेका हुन । बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष समेत रहेका नयाँ शक्ति पार्टीका नेता रामकुमार शर्मा समेत ४ जना मंगलबारदेखि आमरण अनसनमा बसेका हुन ।
उनीसगै नेकपा माओवादी केन्द्रका युवा नेता सत्येन्द्र यादव, तमलोपाका युवा नेता आर.के. रौशन तथा स्वतन्त्र मधेश गठबन्धनका रञ्जितराज मधेशी आमरण अनशनमा बसेका छन । अनशनकारीहरुको स्वास्थ्य परिक्षण गरेका स्वास्थ्यकर्मी अजित मिश्रले शरिरमा पानी अभाव देखिएको र कमजोरी बढेकाले स्लाइन पानी दिनुपर्ने बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »