प्रदेशको राजधानी जनकपुरमा हुने संभावना बलियो बनिरहेको बेला नेकपा माओवादी केन्द्रले बर्दिबासमा ठूलठूला विकासका कामहरु गर्न थालेकोछ ।
पूर्ब पश्चिम राजमार्गबाट सिन्धुली–काठमाण्डु जोडने, प्रस्तावित २ नम्बर प्रदेशका सबै जिल्लाका बासिन्दाहरुलाई आवागमन सहज हुने, जयनगर–जनकपुर–बर्दीबास रेल मार्ग हुने, पूर्बपश्चिम रेलमार्ग जोडिने संगम स्थल रहेको तर्क दिन थालिएकोछ ।
प्रशस्त सरकारी जग्गा भएको, जंगलसित जोडिएको, समतल भूमि पर्याप्त रहेको तर्कदिदै बर्दिबासलाई राजधानी बनाउन माओवादी केन्द्रका नेता एवं पूर्ब मन्त्री गिरिराजमनी पोखरेल लगायत सकृय छन । सेवा केन्द्रको नाउ“मा बर्दिबासमा अधिकांश सरकारी कार्यालयहरु स्थापना भइसकेका, क्षेत्रिय आयुर्वेद अस्पताल निर्माण हुने क्रममा रहेको, कृषी कलेज स्थापनाको काम अगाडी बढेको, भविष्यको आवश्यकता समेतलाई दृष्टिगतगरि खानेपानी परियोजना सुरु भएको, प्राविधिक स्कुलको स्थापना लगायतका कामहरु प्रारम्भ भएका छन ।
तर जनकपुरमा खोलिने भनिएको राजर्षि जनक विश्वविद्यालयको चर्चा समेत हुन छाडेकोछ । केहि नेताहरुका निहित स्वार्थका कारण दुई दशक बितिसक्दापनि विश्वविद्यालय स्थापना हुन सकेको छैन ।विश्वविद्यालयका लागि प्रस्ताव गरिएको डिभिजन सडक कार्यालयको जग्गा समेत सशस्त्र प्रहरी कार्यालयका लागि उपलब्ध गराइएकोछ । सशस्त्र सीमा सुरक्षा बल नाम रहेको सशस्त्र प्रहरीको कार्यालय सीमा भन्दा झण्डै बीस किलोमिटर उत्तर जनकपुर नगरमा स्थापना गरिएकोछ ।
