सुरक्षित आप्रवासन परियोजना सामीले गरेको अभिमुखीकरण र अन्तरक्रियामा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरिक्षक नवराज न्यौपानेले स्थानीय स्तरका मुद्दामा पिडितलाई प्रहरीले सहयोग गरिरहेको भन्दै आगामी दिनमा पनि ठगिका मुद्दामा गरिने कारवाहीलाई प्रभावकारी बनाउने बताए ।
५१ जना प्रहरी र ५ जना पीडित सहभागी भएको कार्यक्रममा सामी हेल्भेटासका विजय ठाकुर र जिल्ला परियोजना संयोजक कोपिला दाहालले परियोजनाले गर्ने कामबारे जानकारी गराएको थियो । त्यस्तै कार्यक्रम संयोजक डिम्पल यादवले सूचना तथा परामर्श केन्द्रका कामबारे बताएको थियो ।
