ठेकेदारहरु पेस्की लिए तर काम गरेनन

प्रकाशित समय 5:04:00 PM
कमलेश कुमार यादव
सिरहा, ३१ भदौ । सहरसँग गाउँको द्रुत सम्पर्क बनाउन ०६७ सालमा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजय कुमार गच्छदारले सिरहाको मैनावती खोलामा पुलको शिलान्यास गर्दा बलकावा सहित दक्षिणवर्ती गाउँमा खुसीको संचार भयो ।
०४६ सालयताका बोलपत्र आह्वान नहुँदै सेलाएको योजना झण्डै तीन दशपछि शिलान्सा भएकोमा स्थानीयमा आशा पलाएको थियो । तर ठेकेदारले पुलको जग उठाएर काम अलपत्र छाडिदिएको थियो । ०७० सालसम्म पुल निर्माणको काम सक्ने गरी सडक डिभिजन नम्बर ५ लहानसँग ४ करोड ७ लाखमा पुल निर्माणको ठेक्का सम्झौता गरेको नेपाल प्रगति÷रायमाझी÷ लोकवीर बेताली जेभीले काम अलपत्र छोडेर सम्पर्कविहीन भएको सडक कार्यालयले जनाएको छ ।
पुलको पिलर (वेल) निर्माण काम पनि अधुरै छ । तत्कालीन साइट इन्जिनियर पाण्डव यादव भन्छन, रकम निकासा पाउँदै गएपछि गामको गति सुस्त हुँदै गयो । विस्तारै ठेकेदार काम नै अलपत्र छाडेर सम्पर्क बाहिर भए, उनले बताए ।
सडक कार्यालयको लेखा शाखाका अनुसार सो पुल निर्माणका लागि विभिन्न समयमा ठेकेदार कम्पनीले १ करोड ३० लाख रकम भुक्तानी लिइसकेको छ । पुलका लागि निर्माण गरिएका चार वटा बेलको काम पनि पूरा भएको छैन । वेलका फलामे डन्डीमा सिया लागिसकेको छ । प्राविधिकका अनुसार अब पुल निर्माणको काम पुनः शुन्यबाट सुरु गर्नुपर्नै अवस्था छ ।
सडकले समयमै ठेकेदारलाई कस्न नसक्दा पुल निर्माणको अवस्था बेहाल बनेको बलकावासीको गुनासो छ । ठेकेदारको मनपरीलाई समयमै सडकले नियन्त्रण गर्न सकेको भए आज यस्तो बेहाल अवस्था हुन्नथ्यो, बलकावाका रहमतुला हुसैन भन्छन, ठेकेदार र सडक डिभिजनको लापरवाहीले हामी दुःख खेप्न बाध्य छौं । सुरुवातदेखि नै ठकेदारले पुल निर्माणमा मनपरी गरे । जसको नतिजा अहिले हामीले भोग्न पर्दैछ, उनले भने । झण्डै तीन दशकपछि मैनावती पुल शिलान्यास भई निर्माण काम सुरु भएपछि खोलामा खुद्रा चोपल्दै गाउँ छिर्नुपर्ने दिनको अन्त्य हुने आशा बलकावावासीले गरेको थिए । तर ठेकेदारले पुलको पिलर निर्माण कामलाई अधुरै छाडेर गायब भएपछि स्थानीयमा निराशा छाएको छ ।
तीन दशकदेखि पुल बन्ने सपना पालेर बसेका बलाकावाका रहमतुला हुसैन भन्छन्, पहिला नेताले ठेग, अहिले ठेकेदारले । धेरै कसरत पछि पुलको योजना पु¥यो तर सडक डिभिजनको निष्क्रियता र ठेकेदारको मनपरीले अलपत्र बन्यो, उनले भने । यो पुल निर्माणले बलकावासहित छिमेकका एक दर्जन गाउँ र राजमार्गीच सतुको काम गर्छ हुसैन भन्छन, पुरानो र ऐतिहासिब जार भएपनि बलकावाको समृद्धिलाई मैनावती पुलको रोकेको छ । यहाँको उत्पादन सहरसम्म पुÑ¥याउन मैनावती खोला तगारो हो भने भने, पुल बनेपछि यो बाटो जिल्लाकै सबैभन्दा चल्तीको ग्रामीण सडक बन्नेछ ।
बर्खाका बेला यो खोलामा बाढी आएर सवारी आउजाउ नै ठप्पै हुन्छ, स्थानीय प्रशान्त सिंह भन्छन, बर्खाका बेला खोलामा पानीको सतह बढेर एम्बुलेन्स समेत आउन सक्दैन । मैनावतीमा पुल नबन्दा यहाँको पुारानो बजार राजमार्गको गोलबजार सरिसक्यो । उनी भन्छन्, बजार सरिसकेपछि यहाँका व्यापारीहरु पनि उत्तै (गोलबजार) मा बसाई सरे ।
नुनदेखि सुनसम्म किन्न यहाँ (बलकावा) आउनेहरु अब गोलबजारमै रोकिन्छन्, स्थानीय कमालुदिन खान्छ भन्छन्, खोलाले पुरानो यो बजारको रौनकता नै खोस्यो । पुल बने अहिले पनि यहाँ समृद्धि र विकासको प्रचुर सम्भावना छ । गाउँका प्रत्येक घरबाट युवाहरु रोजगारीका लागि परदेशिएका छन् । उनीहरुले कमाएर गाउँमै व्यापार व्यवसाय गर्ने सोच राखेका छन उनी भन्छन, राजमार्गसँग दु्रत र सहज सम्पर्क स्थापित भए यो गाउँमा समृद्धिको ज्योति फर्किन बेर लाग्दैन ।
मैनावती खोलाको पुल निर्माण ती वर्षभित्र पुरा गर्नै गरी डिभिजन सडकसँग ०६७ मा लोकवीर बेताली नेपाल प्रगति जेभी निर्माण सेवाले ठेक्का सम्झौता गरेको थियो । ४ करोड ७ लाखमा ठेक्का सम्झौता गरेको यो निर्माण सेवाले कछुवा गतिमा चा वटा पिलरको जग खडा ग¥यो । त्यसपछि बिसतारै निर्माण काम अलपत्र छाडेर सडक डिभिजनसँग सम्र्क तोड्यो तत्कालीन साइट इन्जियिनर पाण्डव यादव भन्छन् पटक पटक ताकेता गर्दा पनि ठेकेदारले अटेरी गरिरह्यो । ०७० माघ २४ मा पुल निर्माणको काम सम्पनन गरिसक्नुपर्नै सम्झौता भएपनि ठेकेदारको मनपरीले पुल निर्माण काम लथालिंग भएको यादवको भनाई छ ।
काम अलपत्र छाडेर ठेकेदार सम्पर्कबाहि भएपछि डिभजिन सडकले तीन पटक लिखित पत्र पठाएरै के ग्योन्टी जफल गर्ने चेतावनी दियो । त्यसपछि बल्ल ठेकेदार सम्पर्कमा आए पनि काम सुरु भएन । ठेकेदारले पुल निर्माण सम्झौता पछि सडक डिभजिनसँग १ करोड ३० लाख भुक्तानी लिइसकेको लेखा शाखाले जनाएको छ ।
सडक डिभिजनले ठेकेदारको जमानत रकम उपलब्ध गराई दिन ग्लोबल आइएमई बैंक काठमाडौं न्यूरोड शाखालार्य ०७३ साउन २४ मा पत्राचार गरेको लेखा शाखाले जनाएको छ । चलानी नम्ब ४० को उक्त पत्रमार्फत ७८ लाख ५३ हजार जमान रकम उपलब्ध गराइ दिन सडक डिभिजनले बैंकलाई पत्रमार्फत आग्रह गरेको छ । डिभिजन सडकका निमित्त प्रमुख इन्जिनियर सोभितलाल ठाकुर भन्छन, ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु भइसकेको छ ।
यसैगरी ०६८ साउन ६ मा सम्पन्न् भइसक्नुपर्नै सप्तरीको घोरदह पुलको बेहाल पनि उस्तै छ । सो पुल निर्माण गर्न एक करोड ९१ लाख ९२ हजार प्रकाश÷आश्रय निर्माण सेवा जेभीले ठेक्का पाएको सडक डिभिजन कार्यालय लहानले जनाएको छ ।
सडकबाट धरौटी जफा गर्ने चेतावनीको पत्र पाएपछि ठेकेदार कम्पनी सम्पर्कमा आएको साइट इन्जियिनर शोभित ठाकुरले बताए । ठेकेदाले स्थानीयहरुको बीच छिट्टै काम सुरु गर्छु भनेको थियो तर काम गरेन, ठाकुरले भने । ठेक्का बापतको अग्रिम भुक्तानी वापत ५२ लाख ९ हजार ७ सय ६३ रुपैयाँ रकम ठेकेदारले भुक्तानी पाइसकेको सडक डिभिजनले जनाएको सम्झौता अवधिभित्र काम सम्पन्न गरेपछि सडकले ०६९ माघ ४ सम्मको समय थपेको थियो । तर थपिएको समयमा समेत ठेकेदार कम्पनीले काम पूरा नगरेको डिभिजन सडकले जनाएको छ ।
सप्तरीकै तारखाना खोला पुल सम्झौता अनुसार ०६९ असार २८ मै सम्पन्न गर्नुपर्ने थियो । तर काम बीचमै अलपत्र छाडेर ठेकेदार सम्पर्कविहीन भए । १ करोड १४ लाख ८६ हजार ८ रुपिैयाँमा मिचिको एण्ड कम्पनी प्रालिले ठेक्का पाएको सडक डिभिजनले जनाएको छ । सम्झौता रकममध्ये ८१ लाख ६९ हजार ८ सय २७ रुपैयाँ ठेकेदारले भुक्तानी पाइसकेको लेखा शाखाले जनाएको छ । पटक पटक काम पुरा गर्न ठेकेदारलाई आग्रह गर्दा पनि अटेर गरेको साइट इन्जिनियर ठाकुरले बताए । ठेकेदारले निर्माण सुरु गर्नु अगाडी नै मोबिलाइजेसन रकम लिएर काम गरेजस्तो देखाएर सम्पर्कविहीन हुने प्रवृत्तिले पुल निर्माण योजना अलपत्र परेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »