सप्तरी, २८ भदौ । तरही गाबिस–८ बस्ने नसिब सदाको छोरी १५ वर्षीया कंचन सदालाई गत साउन १२ गते कर्तब्य गरी मारी फरार भएका एक जना अभियुक्त पक्राउ परेका छन् । खोजी गर्नेक्रममा सोही ठाउँ बस्ने १८ वर्षीय चनार सदालाई कोमध्येपुरा गाबिस–५ बस्ने बद्री सदाको घरमा लुकीछिपी बसेको अवस्थामा मंगलबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।