तेस्रोे परिवार नियोजन दिवसमा बालबालिका प्रयोग

प्रकाशित समय 8:18:00 PM
सुरेन्द्र कुमार कामति
सिरहा, २ असोज । सिरहामा तेस्रो परिवार नियोजन दिवसको अवसरमा निकालिएको जुलुसमा बालबालिकाको प्रयोग गरिएको छ । दिवसकोे अवसरमा ‘व्यवस्थित परिवार ः स्वास्थ्य र विकासको आधार’ नाराकासँग निकालिएको ¥यालीमा कलिला बालबालिकाले प्लेकार्ड बोकेर सहभागिता जनाएका थिए ।
जिल्ला स्वास्थ्य कार्यालय सिरहा र विभिन्न संघसंस्थाको सहकार्यमा परिवार नियोजन दिवस मनाउने क्रममा स–साना बालबालिकाको प्रति
कसैले वास्ता गरेनन् । बालबालिका सहभागि ¥याली नगरपरिक्रमा गरेको थियो । ¥यालीमा महिला स्वास्थ्य स्वयसेवक, संघसंस्थाका प्रमुख तथा प्रतिनिधी र जिल्ला स्वास्थ्य कार्यालयका चिकित्सकहरुको सहभागिता रहेको थियो ।
सदरमुकामको मुख्य सडकमा बालबालिका सहित ¥याली निकाल्दा कसैले चासो राखेनन् । बालबालिकालाई सभा, जुलुसमा सहभागि नगाउने भन्दै विभिन्न अभियान चलाउने गैरसरकारी संघसंस्थाको प्रतिनिधिहरु सहभागि भएपनि यसप्रति उनीहरुले कुनै वास्ता गरेनन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »