आमिर खानले बाणी कपुरमाथि आपत्ती जनाएपछि

प्रकाशित समय 8:44:00 PM
     बलिउड नायक आमिर खानले आफू नयाँ चलचित्रमा अमिताभ बच्चनसँग काम गर्न लागेको घोषणा गरेका छन् । ‘थ्री इडियट, पीके जस्ता सफल एवं करोडौ कमाइ गर्न सफल चलचित्र बनाएका आमिरले ट्वीट गर्दै बच्चनसँग काम गर्न लागेको घोषणा गरेका हुन् ।
उनले लेखेका छन, ‘आखिर यो घडी आईपुग्यो, जुन कुरा मैले प्रतिक्षा गरिरहेको थिएँ । मैले जीन्दगीभर उनको कामको प्रसंसा गरिरहेँ, म निकै उत्साहित छु ।
यशराज ब्यानरमा बन्ने ‘ठग्स अफ हिन्दुस्तान मा पहिलो पटक अमिताभ र आमिरले सँगै काम गर्न लागेका हुन् ।
विजय कृष्ण आचार्यले यो चलचित्र निर्देशन गर्न लागेका हुन् । चलचित्रमा नायिका को हुने अहिलेसम्म टुंगिएको छैन । निर्माता आदित्य चोपडाले भित्री रुपमा नायिका बाणी कपुरलाई चलचित्र लिने तयारी गरेका थिए । तर, जब, बाणीको बिषयमा आमिरले सुइको पायो, आदित्यलाई दबाब दिन थालेका छन् । आमिरले आफू र अमिताभको स्टारडमको अगाडि बाणी नयाँ भएको भन्दै उनलाई नलिन आदित्यलाई दबाब दिएका छन् ।
आदित्यले बाणीलाई लिने निर्णय ‘वेफिक्रे’ नामक चलचित्रको समयमा नै गरेका थिए । तर, आमिरले भनिसकेपछि आदित्य पनि सोच्न वाध्य बनेका छन् । सन् २०१८ को दिवालीमा चलचित्र रिलिज गर्ने निर्माण पक्षको योजना छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »