झुण्डिएको अवस्थामा पुरुष फेला

प्रकाशित समय 5:10:00 PM
खोटाङ, ३१ भदौ । खोटाङको लामीडाँडामा नचिनिएका पुरुष मृत फेला परेका छन् । लामीडाँडा–३ मा बिहीबार अन्दाजी ४० वर्षका पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी नविनकिशोर प्रधानले जानकारी दिए ।
लामीडाँडा–३ का बलबहादुर श्रेष्ठको बसोबास नभएको घरमा नाम, थर र ठेगाना नखुलेको पुरुष मृत अवस्थामा भेटिएको हो। गहुँगोरो, मंगोलियन, खैरो रंगको बक्स पकेट भएको पाइन्ट र चेक हाफ स्विटर लगाएको करिब ५ फिट ५ इन्च उचाई भएको पुरुषको अहिलेसम्म पहिचान हुन सकेको छैन ।
शव पोष्टमार्टमका लागि ट्याक्टरमा हालेर जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको डीएसपी प्रधानले जानकारी दिए । घट्नास्थल लामीडाँडा बिमानस्थलबाट करिब २ घण्टा पैदल दक्षिणमा पर्छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »