संघीय गठबन्धनद्वारा मधेस विरोधी संविधान भएकोभन्दै देशभरी प्रदर्शन

प्रकाशित समय 8:28:00 PM
कमलेश कुमार यादब
गोलबजार, ३ सिरहा । असोज ३ अर्थात संविधान दिवस । विभिन्न संघर्षले राजतन्त्रको अन्त्यसंगै आएको लोकतन्त्र र गणतन्त्र स्थापना पश्चात भएको दोश्रो संविधानसभाबाट गएको २०७२ असोज ३ गते नेपालको संविधान २०७२ घोषणा भएको थियो । त्यस बेला संविधानमा मधेशी, आदिवासी, जनतजाती, दलित, मुस्लिम एवं पिछडिएका वर्गहरुको अधिकार कटौती एवं सीमांकनको विवादको लागि तराई मधेश आन्दोलन जारी रहेका थिए ।
तराई मधेशमा मधेशी जनता आफ्ना बाँकी अधिकार संविधानमा समेटेर शान्तिपूर्ण आन्दोलन गरिहेको बेला राज्यपक्षबाट दर्जनौ मधेशी जनताहरुको हत्या भएको थियो । व्यापक विरोधका बिच असोज ३ गते मधेशबादी दलबाहेक अन्य प्रमुख तीन दल लगायतले बहुतले संविधान घोषाणा गरेको थियो । त्यस दिन हिमाल पहाड र तराइ मधेशका जनता किता कितामा विभाजित भएर कतै दीप प्रज्वलन गरी उत्सव मनाएका थिए भने कतै वती निभाएर बल्याक आउट गरी शोक मनाएका थिए । लामो सयम मधेश आन्दोलन चल्दा पनि हालसम्म संविधान संशोधन अथवा पुनरलेखन मार्फत तराई मधेशको सम्पूर्ण माग संविधानमा नसमेटिएको भन्दै यस वर्ष पनि संविधानको पहिलो वार्षिकोत्सवमा जनताहरु दुई कितामा विभाजित भएर कतै उत्सव र कतै शोक मनाइरहेका छन् ।
मधेश आन्दोलनको नेतृत्व गरेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले संविधान दिवसको अवरमा संविधानको प्रतिलिपी जलाउने र बल्याक आउट गर्ने घोषणा गरि सकेका छन् । यस संगै समाजिक सञ्जालहरु फेसबुक ट्वीटरमा पनि यसमा दुई किता देखिएको छ । तराई मधेशका अधिकांश जनताले आफ्नो प्रोफाइल फोटोमा कालो झण्डा राखेर संविधानको विरोध गर्दै कालो दिन मनाई रहेका छन् । तराई मधेशका जिल्लाहरु सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, रौतहट, बारा, पर्सा, सुनसरी, खोटाङ, लगायतको जिल्लामा मधेशीहरुले ‘असोज तीन कालो दिन’ भन्दै कालो दिनको रुपमा मनाइयो ।
मधेसी मोर्चासहित संघीय गठबन्धनले राजधानीलगायतका देशका बिभिन्न स्थानमा संविधान जारी भएको दिनलाई ‘कालो दिन’ भन्दै प्रदर्शन गरेको छ । राजधानीमा शान्ति बाटिकामा जम्मा भएका गठबन्धन कार्यकर्ताहरुले कालो झण्डा प्रदर्शन गरेका थिए ।
प्रदशर्नकारीहरु शान्तिबाटिकाबाट जयनेपाल हुँदै घुमेर फेरी शान्तिबाटिकामा नै आएका थिए । गत बर्ष असोज ३ गतेको दिन नयाँ संविधान जारी भएको थियो । मधेस र थारु क्षेत्र केन्द्रित  दलहरुले उक्त संविधानमा असहमति जनाउँदै झण्डे छ महिना लामो आन्दोलन गरेका थिए । त्यस क्रममा करिव ५० जनाको ज्यान गएको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »