इटहरी, ३१ भदौ । ठूलो परिमाणको सुन र नगद चोरी गरी फरार भएका एक चोरलाई प्रहरीले तीन घण्टामै पक्राउ गर्न सफल भएको छ । इटहरी ८ स्थित मानबहादुर कटुवालले संचालन गरेको सिद्धकाली होटलबाट चोरी भएको १ लाख ९४ हजार नगद र एक लाख बराबरको सुन तथा चाँदी चोरी गर्नेलाई प्रहरीले केही घण्टाभित्रै पक्राउ गर्न सफल भएको हो ।

सुन्दासबाट चोरी भएको नगद र सुनचाँदी उनैको साथमा तत्कालै बरामद गरिएको थियो । उनले बसमार्फत भाग्ने प्रयास गरेका थिए । डिएसपी सुवेदीको टोलीले टिनको बाकसमा राखिएको सम्पूर्ण बस्तु बरामद गरिएको जानकारी दिए । सुन्दासबाट एक लाख ९४ हजार ४५८ नगद, एक तोलाको सुनको बाला, आधा तोलाको सुनको तिलहरी, ६ आनाको सुनको औठी, चादीको पाउजु र धनीपुर्जा नागरिकता बरामद गरिएको छ ।
‘‘हामीले चोरी भएको तीनघण्टा भित्र अभियुक्त पक्राउ गर्न सफल भयौं, यो हाम्रो सफलता हो’, डिएसपी सुवेदीले भने । ‘स्मार्ट पुलिसिङ अभियान एउटा उदाहरण भएको बताउँदै सुवेदीले चाडपर्वको समयमा हुने यस्ता चोरी घटनालाई तत्कालै नियन्त्रणमा ल्याउन विशेष टोलीसमेत परिचालन गरेको जानकारी दिए । बरामद समानहरु सम्बन्धित धनीलाई प्रहरीको रोहबरमा जिम्मा लगाइएको छ ।
