कार्यालयको कामको सिलसिलामा घर फर्कने क्रममा उनको हत्या भई बुधबार बिहान कन्काई नगरपालिकाको चप्रामारीमा शव भेटिएको थियो । कर्मचारीहरुको असुरक्षा बढेको र हत्याराको पहिचान गरी कानुन बमोजिम कारबाही हुनुपर्ने माग गर्दै कार्यालयहरु बन्दको घोषणा गरेको संघका सचिव डिल्लीराम नेपालले जानकारी दिए ।
