डुंगा सञ्चालनमा रोक

प्रकाशित समय 6:58:00 PM
इनरुवा, ५ असोज । सप्तकोसी नदीमा तत्कालका लागि डुंगा सञ्चालनमा रोक लगाइएको छ । बारम्बार दुर्घटना हुन थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले डुंगा सञ्चालनमा रोक लगाएको हो । जिल्ला सुरक्षा समितिको बैठकले डुङ््गा सञ्चालनलाई व्यवस्थित बनाउन अर्को निर्णय नहुञ्जेलसम्मका रोक लगाउने निर्णय गरिएको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए । जिल्लाको श्रीलंका टापुबाट प्रकाशपुरतर्फ आउँदै गरेको डुंगा शनिबार सप्तकोसीमा दुर्घटना हुँदा बेपत्ता भएकामध्ये नौ जनाको अवस्था अझै अज्ञात छ । बेपत्ताको खोजी जारिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »